Header Ads

गृहमन्त्रीद्वारा 'नेपाल ईमिग्रेसन' मोवाईल एप सार्वजनिक


असार १९, २०७४ अध्यागमन विभागले नेपाल ईमिग्रेसन नामक मोवाईल एप सार्वजनिक गरेको छ । काठमाडौंमा आज एक कार्यक्रमकाबीच गृहमन्त्री जनार्दन शर्माले सो एप  सार्वजनिक  गर्नुभएको हो । अध्यागमनसाग सम्वन्धित सवै जानकारी राखिएको एपको प्रयोग गरेर सोवाग्राहीले अनलाईमार्फत भिसा प्राप्ती र ट्रेकिङ अनुमतीका लागी दरखास्त दिन सक्नेछन् । त्यस्तै विदेशमा समस्यामा परेका नेपालीहरुको सहजताका लागि २९ देशमा रहेका नेपाली नियोगको ठेगाना एपमा राखिएको छ ।  विभागले अनलाईनकै माध्यमबाट सेवाग्राहीको गुनासो सुन्न सक्ने व्यवस्था मिलाएको जनाएको छ । एप सार्वजनीक गर्दै गृहमन्त्री शर्माले अध्यागमन विभागमा गलत काम गर्नेलाई क्षमा दिन नसकिने बताउनुभयो । अध्यागमनमा हुने विकृतीका बिषयमा आफु जानकार रहेको उल्लेख गर्दै गृहमन्त्री शर्माले गलत काम गर्नेबिरुद्ध छिट्टै कारबाही थाल्ने बताउनुभयो । 

No comments

Powered by Blogger.