रक्शि र चुरोट छुटाउनको लागी अपनाउनुहोस यस्ता उपायहरु
अहिले समाजमा धुम्रपान र मदिरापान गर्ने मानिसहरुको संख्या धेरै छ । यसले गर्दा स्वास्थ्यमा विभिन्न खालका समस्या आउँछ र मानिसको ज्यान पनि जान सक्छ भन्ने कुरा थाहा हुँदा पनि मानिसहरु यस देखि टाढा रहन सक्दैनन् । कतिपय मानिसहरु यसको लत छुटाउन निकै प्रयास गर्छन् तर पनि सक्दैनन् । यसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको यसलाई छुदै नछुने हो । तर पनि यदि तपाइलाइ यसको बने लागिसकेको छ र अब यसबाट टाढा रहन चाहनुहुन्छ भन्ने यो निम्न उपयाहरुले तपाइलाई निकै सहयोग पुर्याउन सक्छन ।
१) पानी : चुरोट पिउने नशा लागेका मानिसले दिनभरि बेस्सरी पानी पिइरहनुपर्छ । यसो गर्दा पेट डम्म भइरहन्छ र चुरोट पिउन मन लाग्दैन ।
२) बेसार : बेसार खाँदा शरीरलाई धेरैथरी फाइदा हुन्छ । रक्सीको नशा छुटाउन तरकारीमा अलि बढी बेसार प्रयोग गर्नुस् । अनि दूधमा बेसार हालेर पिउनुभए पनि हुन्छ ।
३) दालचिनी : चुरोटको तलतल लाग्यो कि दालचिनीका टुक्राहरू सुँघ्नुस् । यसको कडा सुगन्धले निकोटिनको इच्छा पूरा गरिदिन्छ । अनि दालचिनी चपाउँदा पनि राम्रो हुन्छ ।
४) अदुवा : रक्सी र चुरोटको नशा छुटाउन दिनदिनै अदुवाको टुक्रा लिएर बिस्तारै चपाइरहनुस् । केही दिन यसो गरिरहँदा लत छुट्छ । अदुवाको पेस्टमा एक चम्चा चिनी हालेर खाँदा पनि हुन्छ ।
५) चुइगम : जव नसाको तलतल लाग्छ तव चुइगम चपाउने गर्दा पनि धेरै हद सम्म नशा बाट बच्न सकिन्छ ।
६) दूध : दूध पिउने बानी बसाल्दा पनि नशा छुटाउन सकिन्छ । दूधबाहेक दही, पनीर र लस्सीको सेवन गर्न पनि सक्नुहुन्छ ।
No comments