म बिदाको बेला सबैभन्दा कम होम्वर्क दिने सर अन्तर्गत पर्छु के स्कुल ले मलाई अनि मेरो सोचाइलाई सम्मान गर्ला त ? ?
pic from innovationsacademy |
बिद्यालयको होमवर्क आतंक : सुजित सर ।
हाम्रा अबिभाबक र स्कुल चलाउने हस्तीहरु सधै होमवर्क दिए खुशी हुने परी पाटी छ । बिचरा विद्यार्थीहरु अब दशै तिहार आउन लाग्यो स्कुलले होमवर्क पेलेर दिन्छ अझ अबिभावक कती त स्कुल मै आइपुग्छन धेरै होम्वर्क ले मस्तै पेल्नुस ता कि उस्ले आफ्ना छोरा छोरीलाई हेर्नै नपरोस ।अझै कोइ त सधै स्कुल भैदिए हुन्थो सम्म भन्नेहरु पनि छन सन्तान पाएर बोझको रुपमा नलिदिनु होला भलाई केहि दुख केटा केटीले दिन्छन त्यो भन्दैमा आफ्नो कर्तब्य बाट बिमुख हुनु त भएन नि । बिदा हुँदा घुम्न लान नपरोस अझै दुलेगौंडा खैरेनी तनहुँ जिल्ला का बोर्डिङहरुको त कुरै नगर्नुस बिचरा स्कुल को पेलाई बाट सिक्षक अनि विद्यार्थी शनिबार पनि स्कुल दौडिन्छन । कैले गर्नी अनि विद्यार्थीले प्रगती जैले पाठ सारेको छ आको छ , बिज्ञानका नयाँ कुराहरु बनाउ भन्नुस घरमा बिग्रेको रेड्डियो मोबाईल स्पिकर उफर जे छ खोलेर बनाउन लाउनुस घरको वाइरिङ्ग कसरी गरेको रैछ हेर्न लाउनुस चित्र कोर्न लाउनुस । बिगत १० बर्षको कार्यकालामा म बिदाको बेला सबैभन्दा कम होम्वर्क दिने सर अन्तर्गत पर्छु के स्कुल ले मलाई अनि मेरो सोचाइलाई सम्मान गर्ला त ? ? ....... एक पल्ट गम्भिर भएर सोच्नु होला सरोकारवालाजनहरु , कुरा सानो छ तर एस्को अर्थ अत्यन्तै मार्मिक छ ।
No comments