Header Ads

कश्मीरस्थित भारतीय सैन्य क्याम्पमा आक्रमण, १७ सैनिकको मृत्यु

भारत प्रशासित कश्मीरको उत्तरी क्षेत्रस्थित भारतीय सेनाको क्याम्पमा आक्रमण हुँदा १७ जना सैनिकको मृत्यु भएको छ । आक्रमणमा चार जना बिद्रोहीको समेत मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केही सैनिक घाइते भएका छन् । यद्यपी भारतीय सेनाले भने सैनिकहरुको मृत्युको आधिकारीक पुष्टि गरेको छैन् । उनीहरुलाई हेलिकप्टर मार्फत उपचारका लागि अस्पताल लगिएको स्थानीय अधिकारीले बताएका छन । स्थानीय समय अनुसार बिहान करिब साढे ५ बजेतिर सैनिक क्याम्पमा आत्मघाती आक्रमण भएको थियो । अहिले पनि बिद्रोही र सेनाबीच झडप भईरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच, घटनालगत्तै भारतीय गृहमन्त्री राजनाथ सिंहले आफ्नो रुस र अमेरिकाको भ्रमण स्थगित गर्नु भएको छ । उहाँले ट्वीटर मार्फत कश्मिरको घटनाका कारण भोलीबाट हुने आफ्नो भ्रमण स्थगित गरिएको बताउनुभएको हो ।

No comments

Powered by Blogger.