प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध
प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध
औपचारिक घोषणा भोलि
काठमाडौँ — प्रतिनिधिसभा सभामुखमा माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् ।सभामुखका लागि उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् । निर्विरोध भएपनि उनको औपचारिक घोषणा भने भोलि हुनेछ । उनले आज साढे ११ बजे सभामुखको लागि उम्मेदवारी दिएका थिए ।
उनको उम्मेदवारीमा प्रस्तावक नेकपा एमालेका सुवास नेम्बाङ र समर्थकमा केन्द्रका देव गुरुङ थिए । शुक्रबार बिहान प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने घोषण गरेको थियो ।
माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
सभामुखमा उम्मेदवारी दर्ताको लागि बिहान १० बजेदेखि १ बजेसम्म समय तोकिएको थियो ।
साभार:कान्तिपुर
No comments