शेयर बजारमा सुधार, ३९ अंकले बढ्यो नेप्से

काठमाडौँ — सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार मंगलबार थामिएर ३९.१६ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९ बिन्दुले बढेर २५७.७४ बिन्दुमा पुगेको छ ।
मंगलबार कूल १६६ कम्पनीको १५ लाख ११ हजार ६४० कित्ता शेयर रु ५० करोड ६१ लाख २६ हजार मूल्यमा कारोबार भएको छ ।
व्यापार उपसूचकबाहेक अरु सबै उपसूचक उकालो लागेका छन् । व्यापार समूह ३.१३ बिन्दुले ओरालो लाग्दा बैंकिङ ३३.२७, होटल १२६.२६, विकास बैंक ४१.७, जलविद्युत् ६१.७७, फाइनान्स २.४३, बीमा २९३.८६, उत्पादन १४.७६, अन्य ३.८८ र माइक्रोफाइनान्स समूह ६५.५ बिन्दुले उकालो लागेको छ । निरन्तर शेयर बजार ओरालो लागेपछि लगानीकर्ता संघले सोमबारमात्रै बजार सुधारका लागि सरकारसँग माग गरेको थियो । संघको सकारात्मक पहलपछि बजारमा केही राहत महसुस गरिएको बताइएको छ ।
साभार:कान्तिपुर

No comments