Header Ads

अहिले फेसबुकमा छाएको BFF आतंक के हो ?


काठमाडौं : अहिले फेसबुकमा एउटा आतंक नै फैलिएको छ । नेपाली मात्र हाेइन विश्वभरका फेसबुक प्रयोगकर्ताले स्टायटस लेख्दा BFF आतंक छाएको छ।






सबैले स्टायटस लेख्दै कमेन्टमा BFF लेख्न मनेका छन् । यो फेसबुकका सिइओ मार्क जुकरवर्गको आविस्कार भनेर हल्ला छ । कतिपयले BFF टाइप गर्दा हरियो भयो भने फेसबुक सुरक्षित छ भनेका छन् भने कतिपयले नभए असुरक्षित हुने भन्दै पासवर्ड चेन्ज गर्नु पर्ने बताएका छन् ।


आखिर यथार्थ के हो त ?
धेरैले हरियो नभए फेसबुक ह्याक हुने हल्ला समेत स्टेटसमा लेखेका छन् । उनीहरुले हवाला दिँदा मार्क जुकरवर्गले बताएको लेख्न समेत भ्याएका छन् । तर, फेसबुकमा हुने परिवर्तनलाई सदैव मार्कले आफ्नो आधिकारीक फेसबुकबाट मात्र सार्वजनिक गर्ने गरेका छन् । यी सबै हल्लाहरुमात्र हुन् ।

यो विषयमा मार्कले कुनै औपचारिक कार्यक्रममा बोलेका पनि छैनन् । यो हल्लामात्र भएको कुरामा सबै विश्वस्त हुनुपर्छ । फेसबुकको आधिकारीक नियकाले समेत यस विषयमा कुनै धारणा सार्वजनिक गरेको छैन । यो सुरुमा अंग्रेजीमा चलेको हल्लालाई कसैले अनुवाद गरेको र त्यही पोस्ट भएपछि नेपालीमा समेत फेसबुकमा हल्ला चलेको देखिन्छ ।

सामान्यतया फेसबुकमा Congrats वा Congratulation टाइप गर्दा पनि कमेन्टको कलर चेन्ज हुन्छ । त्यसै गरी BFF टाइप गर्दा पनि चेन्ज हुन्छ । यस्तो केही देशमा मात्र बनाइएको छ । तर, यही विषयमा मानिस कल्लाका पछि दौडिएका छन् ।

अहिले हल्लामा रहेकाे BFF को अर्थ बेस्ट फ्रेन्ड फरेभर हो। एनिमेसनमा दुई हातले हाइ फाइभ गरेको देखिन्छ। तर, नेपालमा यसकाे गलत हल्ला छ । गलतका पछि लाग्नेकाे भिड पनि ठूलै छ ।

फेसबुककै मालिकको हवाला दिँदै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिले समेत यस्ता स्टाटस शेयर गरिराखेका छन् । धेरैले त्यसलाई विश्वास गरेर थप शेयर गरेको देखिन्छ । सामाजिक सञ्जालमा फुर्सदको समयमा अल्झिने धेरै मानिसले अनावश्यक समय बिताएको देखिन्छ । यसले आम मानिसमा प्रभाव परेको प्रष्ट देखिन्न्छ ।

फेसबुकमा हुने परिवर्तनका विषयमा फेसबुकका मालिक जुकरबर्गले आधिकारिक रुपमा आफ्नो पेजबाट सूचना सार्वजनिक गर्छन् । तर, उनले यो विषयमा केही पनि जानकारी गराएका छैनन् । हल्लाका पछि दौडिनेले सत्य खोजेर मात्र हिडेमात्र सामाजिक सञ्जालको सही सदुपयोग हुने देखिन्छ ।

यद्यपी जुकरबर्गले यस्ता हल्लाको समाधान गर्न फेसबुकमा व्यापक परिवर्तन गर्ने घोषणा भने गरेका छन् । उनले फेसबुक सुरक्षाका लागि रणनीति बनिरहेको बताएका हुन् । उनले फेसबुकको दुरुपयोग नहोस भन्नका लागि नयाँ उपाय अपनाउन लागेको बताएका छन् । उनले फेसबुकको व्यापक दुरुपयोग भइरहेको भन्ने गुनासो बारे बोल्दै यस्तो बनाएका हुन्।

उनले क्याम्ब्रिज एनालिटिकाले फेसबुक प्रयोगकर्ताको विवरण चोरेको हुन सक्ने स्वीकार गर्दै अबका दिनमा यस्तो हुन नदिन एउटा एप्लिकेशन बनाउन लागेको जसका कारण तेस्रो पार्टीले फेसबुक प्रयोगकर्ताको जानकारी लिन नसक्ने बताएका हुन् ।

अबको दिनमा कुनै पनि प्रकारको दुरुपयोग रोक्न विकासकर्ताको तथ्याङकमा पहुँच सिमित पारिने, तीन महिनासम्म प्रयोगकर्ताले एप्लिकेशन प्रयोग नगरे फिर्ता हुने, कुनै पनि एप्लिकेशन खोल्ने बेलामा प्रयोगकर्ताबाट दिने तथ्याङकलाई नाम, फोटो र इमेल ठेगानामा सिमित गरिदिने तथा कुनै पनि प्रयोगकर्ताको निजी पोष्टमा पहुँच पुग्नुअघि विकसकर्ताले अनुमति लिनुपर्ने व्यवस्था गर्न लागेको उनको भनाइ छ ।

जुकरबर्गले एप्लिकेशन बनाउने अलेक्जेण्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकको बीचको भएको सम्झौता विश्वासघात जस्तै भएको भन्दै अब यस्तै घटना हुन नदिन भविष्यमा विभिन्न उपाय अपनाउने बताएका छन्। फेसबुक प्रयोगकर्ताको विवरण चोरेको आरोपमा क्याम्ब्रिज एनालिटिका प्रमुख अलेक्जेण्डर निक्सलाई निलम्बन गरिएपछि जुकरवर्कको यो भनाइ आएको छ ।

No comments

Powered by Blogger.