Header Ads

मेयरको भूमिकाबारे एमालेले छानविन गर्दै कैलाली घटनामा


बोक्सीको आरोपमा बर्बर यातना दिने पीडक र पीडितलाई मिलापत्र गराउन दवाव दिने कैलालीको घोडाघोडी नगरपालीकाका मेयर ममताप्रसाद चौधरीको विषयमा एमाले जिल्ला समितिले आज छानविन गर्दैछ । घटनामा जबरजस्ती मिलापत्र गराउने कार्यमा संलग्न चौधरीबारे ७ नम्बर प्रदेशका सामाजिक विकास मन्त्री एवं पार्टी जिल्ला अध्यक्ष दिर्घ सोडारी नेतृत्वको टोलीले छानविन गर्न लागेको हो ।  मेयर चौधरीको घटनामा संलग्न रहेको पुष्टी भए पार्टीबाट निलम्वन गर्ने र कारबाहीका लागि प्रहरीमा सिफारिस समेत गर्ने मन्त्री सोडारीले बताउनुभयो ।  गत बिहीबार अन्तराष्ट्रिय महिला दिवसकै दिनमा स्थानीय राधा चौधरीमाथि भएको सो घटनाका पीडक भोलेबाबा भनिने रामबहादुर चौधरी समक्ष मिलापत्र गराउन मेयर ममता प्रसाद चौधरीले प्रहरीलाई दवाव दिएका थिए । मेयर चौधरीको सो गैरजिम्मेवारपूर्ण व्यवहारको सर्वत्र आलोचना भएको छ । मेयर चौधरी यसअघि पनि विभिन्न आर्थिक अनियमितता र पदीय दुरुपयोगमा मुछिएका थिए ।

No comments

Powered by Blogger.