चैत्र ६, २०७४ –अस्थायी शिक्षकको व्यवस्थापनका लागि यहि चैत्र २३ गते हुने भनिएको परीक्षा नरोकिने भएको छ ।
शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख तुलसी प्रसाद थपलियाले रेडियो कान्तिपुरसंग कुरा गर्दै परीक्षाको माहौल बन्दै गएकाले नरोकिने बताउनुभयो । यता परीक्षा रोक्न दवाव स्वरुप केही अस्थायी शिक्षकहरु भने आन्दोलनरत छन् । प्रशासकीय प्रमुख थपलियाले परीक्षाका लागि मुलुकभरका १ सय १६ परीक्षा केन्द्रमा प्रश्नपत्र र उत्तर पुस्तिकाको व्यवस्थापन अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो । झापा, काठमाडौं, पोखरा, नेपालगञ्ज र कन्चनपुर गरी पाँच वटा स्थानमा परीक्षा केन्द्र तोकिनेछन् । प्रावि, निमावि र मावि तहको २२ हजार ७६ पदका लागि २३ हजार ३ सय अस्थायी शिक्षक प्रतिस्पर्धामा छन् । २०४९ साल पुस २० भन्दा अघि , २०४९ पुस २१ देखी २०६१ साउन २१ सम्म र २०६२ साउन २२ देखी ७२ असोज २ सम्म ३ चरणमा नियुक्त भएका शिक्षकका लागि छुट्टा छुट्टै प्रतिस्पर्धा गराइने उहाँले बताउनुभयो ।
सभार्: कान्तिपुर
No comments