२०७५ सालमा कुन–कुन दिन सार्वजनिक बिदा
सरकारको निर्णयपछि ०७५ सालमा कुन–कुन दिन सार्वजनिक बिदा ?
काठमाडौं, चैत १५ – सरकारको निर्णयपछि २०७५ सालमा झण्डै एक दर्जन सार्वजनिक बिदा कटौती हुने भएका छन् ।
वैशाख ११ को लोकतन्त्र दिवस, जेठ १५ को गणतन्त्र दिवस, माघ १६ को शहीद दिवस, पुस २७ को राष्ट्रिय एकता दिवस र फागुन ७ गतेको प्रजातन्त्र दिवसमा अब बिदा हुने छैन । यसको सट्टा संविधानसभाबाट संविधान जारी भएको दिन असोज ३ गतेलाई भव्य रुपमा राष्ट्रिय दिवसका रुपमा मनाउने सरकारले निर्णय गरेको छ । बिदा नदिइएपनि ती दिवसमा औपचारिक कार्यक्रम भने हुनेछन् ।
यस्तै दसैंको घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको बिदा पनि कटौती भएको छ । दसैंमा फूलपातीदेखि एकादशीसम्म पाँचदिन मात्र सार्वजनिक बिदा हुनेछ ।
ल्होसार, क्रिसमस, छठ, माघी लगायत पर्वको दिन राष्ट्रिय बिदाको सट्टा सम्बन्धित समुदाय र भेगमा मात्र बिदा हुनेछ । महिलाले पाउने ऋषिपञ्चमीको बिदा पनि कटौती भएको छ ।
जनै पूर्णिमा, रामनवमी र कृष्णाष्टमीमा पनि अब बिदा हुने छैन । यस हिसाबले अब वर्षभरी ५२ वटा शनिबार सहित ६७ दिन मात्र देशभरी बिदा हुनेछ । तर केही बिदा शनिबार खप्टिएकाले ६७ दिन पनि पुग्दैन ।
०७५ सालभरी हुने सार्वजनिक बिदा हेर्नुहोस् :

No comments